हमी नेपालीहरु मध्येका गैर नेवारहरुले आश्विन शुक्ल प्रतिपदा देखि दशमी सम्म मनाउँदै आएको चाड पर्व “दशै” र सोही तिथिमा आदिवासी एवं जनजाति नेवार समुदायले मनाउँदै आएको मौलिक चाडपर्व “मोहनी” एउटै पर्व नभई भिन्दा–भिन्दै पर्व हो । अर्थात दशै र मोहनी एउटै पर्व होइन ।
दशै र मोहनी पर्वमा भिन्नता
दशै
|
मोहनी
|
दशै पर्व त्रेता युगमा राजा रामचन्द्रले रावण माथी बिजय प्राप्त गरि असत्य माथी सत्यको बिजय भएको खुसियालीमा गैह्र नेवारहरुले बिजय उत्सवका रुपमा मनाउँदै आएको पर्व हो ।
|
देव देवताको आचरण जस्तै आफुमा पनि त्यस्तै आचरण र शक्ति होस भनि दैविक शक्ति सञ्चय गर्न नेवारहरुले सनातन देखि शक्तिको उपासन गरि शक्ति स्वरुपा देवीहरुलाई तन्त्र साधना गरि पूजा आरधना गरि “मोहनी” नखः मनाउँदै आएको पर्व हो ।
|
आश्विन शुक्ल प्रतिपदाको दिन मातृ शक्तिका प्रतिक नव दुर्गा आराधना गरि घटस्थापना -जमरा राप्ने_ देखि नवरात सम्म जमरा कोठामा प्रत्येक दिन भिन्न भन्न शक्ति स्वरुपा मातृ देवीहरुलाई बिशेष पूजा आराधना गरिन्छ ।
|
आश्विन शुक्ल प्रतिपदा (कौलाथ्व पारु)का दिन जमरा रोपी नला -स्वना_ सो दिन देखि नवरथा भरि जम्मा नौ वटा तिर्थस्थलमा स्नान गरि शक्ति पीठहरुमा पूजा आरधना गरिन्छ ।
|
नवरातको सातौ दिन 'सप्तमी'मा जमरा कोठमा पूmलपाती भित्रयाइन्छ ।
|
नवरातको सातौ दिन -सप्तमी_ जमरा कोठमा पूmलपाती भित्रयाउनु पर्देन ।
|
अष्टमीको दिन शक्ति स्वरुपा महागौरीलाई पूजा आराधना गरिन्छ ।
|
अष्टमीको बेलुका सबै घरपरिवार भेला (कुलछि बसी) बभइ कुछि भ्वे -दुइमाना चिउरा राखि खाइने भोज_ खाइन्छ ।
|
नवमीको दिन शक्ति स्वरुपा सिध्दिदात्रीलाई पूजा आरानधना गरिन्छ ।
|
नवमीका दिन जमरा कोठामा एउटा सानो कलस आकारको भाँडा (थापैचा)मा रक्सी वा जाँडले भरेर त्यस माथि केराको पातमा राँगाको मासु राखेर स्थापना गरि दुर्गा भवानी र अष्टमातृका आराधना गरि महाअष्टमी पुजा सम्पन्न गरि कालो तिकाको लागि माटोको पाला -सली_ मा विशेष प्रकारले बत्ती बाली तन्त्र साधना गरि पूजा गरिन्छ । यस बत्ती बाल्ने कार्यलाई मोहनी स्वनेगु भनिन्छ । यस दिन लाई “स्याक्वत्याक्व” भनिन्छ । यसरी महानवमी पूजा सम्पन्न गरिन्छ ।
|
दशमीको दिन बिशेष पूजागरि टिका साइतमा जमरा र रातो टिका ग्रहण गरि बिजया दशमी मनाईन्छ ।
|
दशमीको दिन लाई चालं भनिन्छ ।
।। यस दिन दुर्गा भवानी र नवमातृकाको विशेष पूजा आरधना गरि महानवमीको दिन स्थापना गरिएका जाँड वा रक्सीले भरिएको थापैं घरको मुली बाट महिला मुलीले हस्तान्तरण गरि लिई महानवमीका दिन पूजा राखिएको खड्ग तथा ज्यावलहरु मुली परिवार सदस्यहरुलाई हस्तान्तरण गरिन्छ यसलाई पायः न्ह्यकेगु भनन्छ । यस पस्चात रातो तुल जमरा रातो टिका र कालो टिका “मोहनी” ग्रहण गरि चालं सम्पन्न गरिन्छ । आगं देवता हुने नेवारहरुले आगं छैंमा पनि चालं गरि पायः न्ह्यकेगु कार्य हुन्छन् । |
दशैमा पुजीने नवदुर्गाहरु क्रमशः
१. शैलपुत्री,
२. ब्रम्हचारिणी, ३. चन्द्रघण्टा, ४.कुस्माण्डा, ५. स्कंदमाता, ६. कात्यायणी, ७. कालरात्री, ८. महागौरी र ९. सिद्धिदात्री |
मोहनीमा पुजीने नवमातृ शक्तिहरु /नव दुर्गा भवानी
१. ब्रम्हायणी(ब्राम्ही)
२. महेश्वरी( माहेश्वरी, रुद्रा यणी) ३. कौमारी(कुमारी), ४. वैष्णवी( नारायणी, भद्रकाली), ५. बाराही, ६. इन्द्रायणी(एन्द्री), ७.महालक्ष्मी, ८. महाकाली(चामुण्डा) र ९. त्रीपुरासुन्दरी |
दृष्टव्य - आस्था,भक्ति र तन्त्रसाधनाले दशै,र मोहनीमा कुनै भिन्नता पक्कै पनि देखिन्दैन , तर पनि परम्परा र संस्कृति तथा पूजा पद्धतिले भने भिन्नता दखाउछ नै ।